किन चितवन पुगे पूजा र आकाश ?



प्रदर्शनरत मल्टिस्टारर चलचित्र ‘रामकहानी’ लाई बुधवार परेको हिन्दु महिलाहरुले परम्परागत हरितालिका तीजको सार्वजनिक बिदाले ठूलो फाइदा पुगेको छ ।

बिहानैदेखि राजधानी भित्र र बाहिरका मल्टिप्लेक्स र सिंगल पर्दा हाउसफुल रहेको वितरक सुनिल मानन्धरले बताएका छन् । उनले तिजको दिनको ब्यापारलाई आक्रामक भनेका छन् ।


तीन दिने विकेन्डमा करोड ग्रस कलेक्सन गरेको यो चलचित्रले बुधवार बिदाको मौकामा ८० लाख कमाई गर्ने वितरक मानन्धरको अनुमान छ । उनका अनुसार, दिनहुँ चलचित्रले हल संख्या पनि बढाइरहेको छ ।

शुक्रवारबाट प्रदर्शनमा आएको उक्त चलचित्र दर्शकसँग बसेर हेर्न र प्रतिक्रिया बुझ्न नायिका पूजा शर्मा, नायक आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत चितवन पुगेका छन् । बुधवार चितवनका अधिकांश हल हाउसफुल रहेको पूजाले बताइन् ।

चितवनको जलमा, इन्द्रदेव, गणेश लगायतका हलमा दर्शकको भीड देखिएको छ । पूजा र आकाशले दर्शकसँग तस्बिर खिचाउँदै चलचित्र मन पराइदिएको भन्दै धन्यवाद समेत दिए ।


‘वड अफ माउथ’ निकै राम्रो मिलिरहेका कारण फिल्म हेर्ने दर्शकको संख्यामा दिनप्रतिदिन वृद्धि भइरहेको छ । दर्शकको साथ र मायाको ऋणी रहेको निर्मात्री समेत रहेकी पूजाको भनाई छ ।

उक्त चलचित्रमा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रविन्द्र झा, राजाराम पौडेलेलगायतका कलाकारहरुको पनि अभिनय छ । निर्देशक सुदर्शन थापाले नै चलचित्रको कथा लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu