आयो अक्षय र रजनीकान्तको ‘२.०’ टीजर



अक्षय कुमार र रजनीकान्तको बहुप्रतिक्षीत चलचित्र ‘२.०’ को अफिसियल टीजर सार्वजनिक भएको छ ।

सन् २०१० मा आएको रजनीकान्तको चलचित्र ‘रोबोट’ को सिक्वेल हो ‘२.०’ । यो चलचित्रमा अक्षय भिलेनको भूमिकामा छन् ।

पहिला रिलिज भएको पोस्टरमा उनको अहिलेसम्मकै खतरनाक लुक बाहिर आएको थियो । यसमा उनले डाक्टर रिचर्डको रोल निभाएका छन् ।

यस्तै, रजनीकान्त एकपटक फेरि रोबोट चिट्टी र साइन्टिस्ट वसीकरणको रुपमा फर्किएका छन् । चलचित्रमा स्तरिय स्पेशल इफेक्ट्सको प्रयोग गरिएको छ ।

एस.शंकरको निर्देशनमा बनेको उक्त चलचित्र भारतीय फिल्म इतिहासको सबैभन्दा महंगो फिल्म हो । मिडिया रिपोर्ट्सका अनुसार, चलचित्र ५ सय करोड बनेको छ ।

यो चलचित्रको भिएफएक्समा मात्र ७५ मिलियन डलर अर्थात् ५ सय ४४ करोड खर्च गरिएको छ । चलचित्र २९ नोभेम्बर २०१८ मा रिलिज हुँदैछ ।

टीजर हेर्नुहोस् :-
प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu