अष्ट्रेलियाबासीले रुचाए ‘बाँध मायाले’



असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ स्टारर फिल्म ‘बाँध मायाले’ लाई अहिले विदेश प्रदर्शनमा भ्याइनभ्याइ छ ।

चलचित्रको अष्ट्रेलियाको सिड्नीमा प्रदर्शन भैसकेको छ । तीन शो प्रदर्शन भैसकेको यस चलचित्रका थप शो अन्य शहरहरूमा पनि हुने भएको छ ।

‘हामीले अष्ट्रेलियामा रहनु भएका नेपाली चलचित्रप्रेमी नेपालीलाई पुरानो या बासी नभई ताजा र नयाँ चलचित्र पस्कने उद्देश्यले नै नेपालभन्दा अगाडि यहाँ प्रदर्शन गरेका हौँ’, चलचित्रका सह-निर्माता महेन्द्र अधिकारी भने ।


सिड्नीवासी दर्शकहरूले विशेष गरेर नायिका सृष्टिको कामको खुलेर तारिफ गरेका छन् । नायक आर्यनको काम पनि उम्दा रहेको धेरैको प्रतिक्रिया थियो । निर्देशक सबिर श्रेष्ठले निर्देशनमा गरेको मिहिनेतको पनि प्रशंसा भएको छ ।

राजराम पौडेल, विशाल चाम्लिंग र किशोर खड्काको पनि अभिनय रहेको ‘बाँध मायाले’ को हालसम्म अष्ट्रेलिया र अमेरिकामा शो सम्पन्न भैसकेका छन् । युके, जापान, कतार, दुबई, बहराइन लगायत देशमा पनि चलचित्रको माग भैरहेको निर्माता समेत रहेको सबिर बताउँछन् ।

गीतसंगीत र ट्रेलरबाट चर्चामा रहेको यो चलचित्रमा पहिलो पटक सृष्टि र आर्यनले काम गरेका हुन् । रामहरी धिताल र बिभिषिका श्रेष्ठको संयुक्त निर्माण रहेको चलचित्रमा महेन्द्रसँगै केदार धिताल सह-निर्माताको रुपमा छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu