अष्ट्रेलियाका धनाड्यसँग सुस्मिताले गरिन् इन्गेजमेन्ट



अभिनेता भुवन केसीकी पूर्व पत्नी तथा अभिनेत्री अभिनेत्री सुस्मिता बम्जन (केसी) ले इन्गेजमेन्ट गरेकी छन् । गएको ९ सेप्टेम्बरमा दक्षिण भारतीय मुलुकको फिजीमा जन्मिएका अष्ट्रेलियन नागरिक किलन स्वामीसँग उनको टिकाटालो भएको हो ।

उनी अभिनेता अनमोल केसीकी आमा हुन् । सन् २००१ मा अभिनेता भुवन केसीसँग डिभोर्स लिएपछि उनी एक्लै बस्दै आइरहेकी थिइन् ।

गएको दुई वर्ष अगाडि उनले निर्माण गरेको चलचित्र ‘म त तिम्रै हुँ’ प्रदर्शनमा आएको थियो । काठमाडौंमा उनी लामो समयदेखि डेरामा बस्दै आइरहेकी थिइन् ।


सुस्मिताले भुवनसँग ‘नेपाली बाबु’, ‘करोडपति’, ‘सुपरस्टार’ लगायतका चलचित्रमा काम गरेकी छन् । चलचित्रमा काम गर्दैगर्दा सुरु भएको सुस्मिता र भुवनको प्रेमले विवाहको रुप लिएको थियो ।

पारिवारिक सहमतीमा नै स्वामीसँग इन्गेजमेन्ट भएको सुस्मिताले बताएकी छन् । अनमोलकै सहमतीमा यो इन्गेजमेन्ट भएको बुझिएको छ ।

सुस्मिताको विवाह अर्को वर्षको भ्यालेन्टाइन डेमा हुनेछ । अष्ट्रेलियामा बस्दै आएका किलन स्वामी एक धनाड्य व्यापारी हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu