अभिनेता द्वय बुद्धि तामाङ र विल्सन विक्रम राई स्टारर चलचित्र ‘साली कस्को भेनाको’ फ्राईडे रिलिज अन्तर्गत प्रदर्शनमा आएको छ । योसँग भिड्न हलमा अरु नयाँ चलचित्र छैनन् ।
प्रसाद श्रेष्ठको प्रस्तुति रहेको चलचित्रको निर्मातामा रामप्रसाद श्रेष्ठ, सुशील गोपाल न्याछ्यो र काजीमान श्रेष्ठ बिशाल, कमला भट्टराई र मुक्ति अधिकारी छन् । चलचित्रको गीतमा प्रसाद श्रेष्ठ, सुरज शाही ठकुरी र मिन घलानको संगीत छ ।
मरिष्का पोखरेल, देव सागर, रजनी गुरुङ, सुष्मा कार्की, वीरेन श्रेष्ठ, पुष्प आचार्य, जयनन्द लामा, कविता आलेको पनि यो चलचित्रमा अभिनय छ ।
मुभीङ पिक्चर्स प्रालिको ब्यानरमा निर्माण भएको चलचित्र दीर्घ गुरुङले खिचेका हुन् । पुष्प आचार्यले लेखेको चलचित्रको सम्पादन बनिष शाहले गरेका हुन् ।
‘साली कस्को भेनाको’ समसामयिक सामाजीक बिषयमा निर्माण गरिएको निर्माता प्रसाद बताउँछन् । प्रसादले यसअघि ‘कान्छी’, ‘कर्जा’ र ‘सन्तान’ चलचित्र निर्माण गरिसकेका छन् ।