एक हप्तामा कति कमायो ‘रामकहानी’ ले ?



मल्टिस्टारर चलचित्र ‘रामकहानी’ को एक हप्ते बक्सअफिस रिपोर्ट सार्वजनिक भएको छ । वितरक सुनिल मानन्धरले एक हप्तामा चलचित्रले देशभर कुल २ करोड ७० लाखको कलेक्सन गर्न सफल भएको बताएका छन् ।

वितरक मानन्धरले तीजको बिदामा चलचित्र ले बम्पर कमाई गरेको बताए । उनका अनुसार, उक्त दिन फिल्मले देशभर ८० लाखको कलेक्सन गरेको थियो ।

‘वर्ड अफ माउथ राम्रो भएका कारण हलमा चलचित्र टिकिरहेको छ’ उनले भने, ‘दोस्रो सातामा पनि चलचित्रको कलेक्सन राम्रो हुनेमा आशावादी छौं ।’ उनी चलचित्र को हल संख्यामा घटबड नभएको पनि बताउँछन् ।

चलचित्रले देशभर सुखद कलेक्सन गरिरहेको अवस्थामा अभिनेत्री पूजा शर्मा, अभिनेता आकाश श्रेष्ठ र कलाकार शोभित बस्नेत अहिले मोफसलका विभिन्न सहर पुगेर दर्शक भेट्न व्यस्त छन् । उनीहरुले हल-हलमा पुगेर दर्शकसँग सेल्फी खिच्दै चलचित्र रुचाइदिएकोमा धन्यवाद दिएका छन् ।

माया (पूजा) र राम (आकाश) को प्रेमकथा वाचन गरेको ‘रामकहानी’ मा केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, रबिन्द्र झा, राजाराम पौडेललगायतका कलाकारहरुको अभिनय छ । पूजा र निर्देशक थापाले संयूक्त रुपमा चलचित्र निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu