‘ए मेरो हजुर ३’ मा सलोन पनि



झरना थापाले निर्देशन गर्ने चलचित्र ‘ए मेरो हजुर ३’ अभिनेता सलोन बस्नेत पनि अनुबन्ध भएका छन् । निर्माता सुनिल कुमार थापाले कथाको माग अनुसार उनलाई चलचित्रमा लिएको जानकारी दिए ।

अब तेस्रो पटक अभिनेता सलोन र अनमोल केसीले सहकार्य गर्नेछन् । यसअघि यी दुईले ‘होस्टेल’ र ‘गाजलु’ मा काम गरेका थिए । यो चलचित्रबाट अभिनेत्री तथा निर्देशक झरना थापाकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् ।

उनी अनमोलको अपोजिटमा देखिनेछिन् । ‘ए मेरो हजुर ३’ मा अनमोलले एक गायकको भूमिका निर्वाहा गर्दैछन् भने सुहाना फ्यानको भूमिकामा देखिनेछन् । एक सेलिव्रेटी र फ्यानबीचको प्रेमकथा चलचित्रले वाचन गर्ने बताइएको छ ।

फ्लोरमा निस्कनु अगावै चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । चलचित्र चैत २९ गते रिलिज हुँदैछ । सुहाना इन्टरटेन्मेन्टको ‘ए मेरो हजुर’ अब आफैंमा एक ब्रान्ड भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu