असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ को रोमान्टिक गीत सार्वजनिक भएको छ । ‘सँग-सँगै’ बोलको गीतमा नव-नायक किशोर खड्का र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर छन् ।
गीतले प्रेमभाव बोल्छ । सुगम पोखरेल र अञ्जु पन्तको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द तथा संगीत छ । गीत मिठासपूर्ण छ । सृष्टि र किशोरको केमेस्ट्री सुहाएको छ ।
चलचित्रलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।
चलचित्रमा सृष्टि र किशोरसँगै आर्यन अधिकारी, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ । सविर श्रेष्ठ निर्देशित चलचित्र ‘बाँध मायाले’ मा आर्यन र सृष्टि अर्जुन र श्रद्धाको भूमिकामा छन् ।
भिडियो :-