‘ए मेरो हजुर ३’ मा अर्पण र रबिन्द्रको पनि ईन्ट्री



झरना थापाले दोस्रो पटक निर्देशन गर्न लागेको चलचित्र ‘ए मेरो हजुर ३’ मा अहिले धमाधम कलाकार छनौटको काम भइरहेको छ । शुक्रवार अभिनेता सलोन बस्नेत अनुबन्ध भएका थिए । अब अभिनेता द्वय अर्पण थापा र रबिन्द्र झासँग निर्देशक थापाले सम्झौता गरेकी छन् ।

कथाको माग अनुसार नै पात्र चयन गरिएको निर्देशक थापाले बताइन् । यसअघि उनको निर्देशनमा बनेको चलचित्र ‘ए मेरो हजुर २’ सुपरहिट भएको थियो । यस वर्ष उनी उक्त चलचित्रबाट नव-निर्देशकको अवार्ड थाप्न भ्याइनभ्याइ छिन् ।


‘ए मेरो हजुर ३’ मा अभिनेता अनमोल केसी लिड रोलमा छन् । यस चलचित्रबाट निर्देशक थापाकी छोरी सुहाना थापाले डेब्यु गर्दैछिन् । केही दिन अगाडि पोखरामा चलचित्रको मुहूर्त गरिएको थियो ।

चैत २९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्रलाई सुनिल कुमार थापाले निर्माण गर्नेछन् । सुहाना इन्टरटेन्मेन्टको ब्यानरमा चलचित्र बन्न लागेको हो । गएको वर्ष रिलिज भएको ‘ए मेरो हजुर २’ मा अभिनेता सलिनमान बनियाँ र साम्राज्ञी राज्यलक्ष्मी शाह लिड रोलमा थिए ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu