कलेज-कलेजमा ‘बाँध मायाले’ को प्रचार



असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ ले कलेज अभियान सुरु गरेको छ । नायक आर्यन अधिकारी, नायिका सृष्टि श्रेष्ठ, निर्देशक सविर श्रेष्ठ, नव-नायक किशोर खड्का र फिल्मका कार्यकारी निर्माता केदार धितालको टोली कुमारी पाटीको मोलिस र मेघा कलेज पुगेको थियो ।


ती कलेजका विद्यार्थीहरुले फिल्मप्रति चासो राखेर प्रश्न गरेको निर्देशक सविरले बताए । आर्यन र सृष्टि कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भई अटोग्राफ र सेल्फी लिएको उनको भनाई छ । दर्शकलाई मन पर्ने चलचित्र बनाएको उनको दाबी छ ।


सोमवार दर्जन बढी कलेजमा पुग्ने लक्ष्य निर्माण टिमको छ । निर्माता धितालले दर्शकले फिल्मप्रति देखाएको उत्सुकता अनि चासो तथा लिड अभिनेता अभिनेत्रीप्रतिको क्रेजले चलचित्र सफलताको संकेत दिएको बोले ।


‘बाँध मायाले’ मा राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको पनि अभिनय छ । चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu