असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बाँध मायाले’ को दुई नयाँ पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा अभिनेता आर्यन अधिकारी र अभिनेत्री सृष्टि श्रेष्ठ फिचर्ड छन् । दुईलाई रोमान्न्टिक अवतारमा देख्न सकिन्छ ।
पोस्टरमा लिड कलाकार आर्यन र सृष्टि मात्र फिचर्ड छन् । उनीहरुलाई रोमान्टिक अवतारमा देख्न सकिन्छ ।
सार्वजनिक पोस्टरबाट ‘बाँध मायाले’ पूर्ण रुपमा लभ स्टोरी फिल्म हो भन्ने अनुमान गर्न सकिन्छ । फिल्मलाई रामहरी धिताल र विभिषिका श्रेष्ठले संयूक्त रुपमा निर्माण गरेका हुन् ।
चलचित्रलाई बाबु श्रेष्ठले खिचेका हुन् भने द्वन्द्व निर्देशन रोशन श्रेष्ठको छ । चलचित्रमा सृष्टि र आर्यनसँगै किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन, विशाल चाम्लिङलगायतको अभिनय छ ।
पहिलो पटक स्क्रिन साझेदारी गरेका आर्यन र सृष्टि ‘बाँध मायाले’ मा अर्जुन र श्रद्धाको भूमिकामा छन् । सविर श्रेष्ठ यसका निर्देशक हुन् ।