‘चङ्गा चेट’ को दोस्रो गीत ‘ढल्की ढल्की…’ रिलिज (भिडियो)



‘गोजीमा दाम छैन’ गीत रिलिज भएसँगै चर्चामा रहेको कात्तिक १६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘चङ्गा चेट’ को दोस्रो गीत रिलिज भएको छ ।

‘ढल्की ढल्की…’ मा रियल जोडी अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशी फिचर्ड छन् । आयुष्मान, प्रियंकालाई जीएफ नभएर पर्मानेन्ट बुढी बनाउने बताउँदैछन् । सन्दिप क्षेत्री, रबिन्द्र झा, सुरक्षा पन्त र परमिता आरएल राणा पनि भिडियोमा प्रस्तुत छन् ।


अल्मोडा राना उप्रेतीको स्वर रहेको गीतमा हरिहर तिमल्सिनाको शब्द तथा मिस्टर आरजेको संगीत छ । प्रविन सिंह गीतका कोरियोग्राफर हुन् । दीपेन्द्र के. खनाल निर्देशित चलचित्रलाई माधव वाग्ले र शर्मिला पाण्डेले सयूंक्त रुपमा बनाएका हुन् ।

चलचित्रको कथा प्रदीप भारद्वाजले लेखेका हुन् । यो चलचित्रमा अर्जुन पोखरेलको पनि संगीत छ । निरक कँडेलको छायांकन रहेको चलचित्रको सम्पादन दिर्घ खड्काले गरेका छन् । चलचित्र डार्क कमेडी रहेको निर्देशक खनाल बताउँछन् ।

निश्चल बस्नेत, बेनिशा हमाल र ऋचा शर्माको विशेष भूमिका रहेको चलचित्रमा सूर्य ठोकरको द्वन्द्व छ । पहिलो गीतबाट मिलेको सकारात्मक प्रतिक्रियाले उत्साहित भएको निर्माण टिम दोस्रो गीतलाई पनि दर्शकले रुचाउनेमा विश्वस्त देखिएको छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu