अनमोल सबै ट्यागको हकदार : सृष्टि श्रेष्ठ



अभिनेता अनमोल केसी स्टारर चलचित्र ‘गाजलु’ बाट डेब्यु गरेकी अभिनेत्री सृष्टि श्रेष्ठ अभिनीत नयाँ चलचित्र ‘बाँध मायाले’ यही शुक्रवारबााट प्रदर्शनमा आउँदैछ । यसमा उनको जोडी आर्यन अधिकारीसँग बाँधिएको छ ।

उनी अभिनीत दोस्रो चलचित्र ‘रोमियो एण्ड मुना’ गएको महिना मात्र प्रदर्शनमा आएको थियो । चलचित्र कमाईको मामलामा सफल नभएपनि उनको अभिनयको भने खुब प्रशंसा भएको थियो ।

सविर श्रेष्ठ निर्देशित ‘बाँध मायाले’ मा उनी एक सोझी गाउँले युवतीको भूमिकामा छिन् । उनी यो चलचित्र आफ्नो लागि विशेष रहेको बताउँछिन् ।


‘म चलचित्र गर्न हतार गदिनँ । मलाई दिइएको भूमिकामा म डुब्न सक्छु कि सक्दिनँ त्यो हेरेपछि मात्र फिल्म गर्ने वा नगर्ने निर्णय लिन्छु । ‘बाँध मायाले’ को कथा मनपर्‍यो । भूमिका राम्रो लाग्यो । म आफ्नो बेस्ट दिनसक्छु भन्ने लागेपछि काम गरेकी हुँ’, उनले भनिन् ।

दोस्रो चलचित्र ‘रोमियो एण्ड मुना’ फ्लप भएपछि पुनः उनलाई अनमोलको साथको खाँचो रहेको चर्चा हुन थालेको छ । तर, उनी यो कुरा स्वीकार गर्दिनन् । उनी भन्छिन्, ‘मैले अहिले जे काम गरिरहेको छु त्यसमा एकदमै ग्रोथ देखिरहेको छु । मलाई कर्मशियल सक्सेसभन्दा पनि पर्सनल ग्रोथ महत्वपूर्ण लाग्छ ।’

अचेल अनमोललाई दर्शकले ‘मेघास्टार’ र ‘सुपरस्टार’ भन्न थालेका छन् । सृष्टि भने उनलाई आफ्नो मिल्ने साथी मात्र भन्न रुचाउँछिन् । ‘उ सबै ट्यागका लागि हकदार छ’ उनले भनिन्, ‘तर, हामी मिल्ने साथी हौं ।’ सृष्टि भविष्यमा अनमोलसँग फेरि काम गर्न इच्छुक रहेको बताउँछिन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu