‘अनुराग’ को कलेज अभियान सुरु



पत्रकार ऋषि धमलाले निर्माण गरेको तथा एलिजा गौतम अभिनीत चलचित्र ‘अनुराग’ यही असोज १२ गतेबाट प्रदर्शनमा आउँदैछ । प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टिमले कलेज अभियान सुरु गरेको छ ।

राजधानीका विभिन्न कलेजमा निर्माण टिम र कलाकारहरु पुगेर फिल्म प्रचार-प्रसार सुरु गरिएको प्रस्तुतकर्ता धमालाले बताए । आइतबार चलचिका मुख्य कलाकार एलिजा गौतम र समुन्द्र पण्डित जोरपाटीस्थित समता कलेज र कौशलटारमा अवस्थित जनप्रेमी कलेज पुगेका थिए ।


एलिजा र समुन्द्र कलेज पुग्दा विद्यार्थीहरु उत्साहित भई घेरा हाल्दै अटोग्राफ लिएका थिए । दुई स्टार्ससँग फोटो खिच्न पनि तछाडमछाड भएको थियो । ‘अनुराग’ मा भरत गौतम र गीता भेटवालको लगानी रहेको छ । निर्देशक सत्यराज चौलागाईं हुन् ।

चलचित्रमा ठिलेन लामा, राजाराम पौडेल, सरोज खनाल, रुपा राणा, विश्व बस्नेत , शिशिर राणा, मोहन निरौलालगायतका कलाकारहरुको पनि अभिनय छ । एरिका फिल्म्सको ब्यानरमा निर्माण भएको ‘अनुराग’ एक पृथक सांगीतिक प्रेमकथा रहेको एलिजाले बताइन् ।


चलचित्रमा ताराप्रकाश लिम्बु र सरोज पोखरेलको संगीत, प्रविन सिंह र बिक्रम स्वारको कोरियोग्राफी, किरण दाहालको कथा, सत्यराज चौलागाई र आगत केसीको पटकथा तथा संवाद, राम कुमार केसीको छायांकन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu