विपिन र नम्रता स्टारर ‘प्रसाद’ गीत रिलिज



मंसिर २१ गतेबाट प्रदर्शनमा आउन लागेको दिनेश राउत निर्देशित चलचित्र ‘प्रसाद’ लिरिकल भिडियो सार्वजनिक भएको छ । ‘लै लै…’ गीतमा सुवाष भुषालको संगीत र केतन क्षेत्रीको स्वर सुन्न सकिन्छ । गीतका शब्द गणेश शाहीले लेखेका हुन् ।

भिडियोमा केही चल/अचल दृश्यहरु छन् । भागी विवाह गरेर काठमाडौं छिरेपछि विपिन र नम्रताको जीवनमा आउने उतारचढावलाई गीतमार्फत् देखाइएको छ । गीतका शब्दहरु मार्मिक छन् । केतनले उस्तै बुलन्द आवाज भरेका छन् ।

गीतको लिरिकल भिडियोमार्फत् लिड कलाकारको लुक्स पनि रिभिल गरिएको छ । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् ।

चलचित्रमा निश्चल बस्नेतको पनि लिड रोल छ । उक्त फिल्मलाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । चलचित्रमा सुवाष र कोशिष क्षेत्रीको संगीत छ ।

निःसन्तानका कारण पति र पत्निबीचमा आउने असमझदारी, अविश्वास तथा आफैंमा उत्पन्न एक मानसिक द्वन्द्वसँगै सामाजिक मुल्य-मान्यता विरुद्धको कथा चलचित्रले बोल्छ ।

गीत हेर्नुहोस् :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu