असोज ५ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘बाँध मायाले’ टिमले दर्शकका लागि नयाँ अफर ल्याएको छ । निर्देशक सविर श्रेष्ठले ’खल्ती डिजिटल वालेट’ प्रयोग गरी अनलाईन मार्फत यो फिल्मको टिकट खरिद गर्दा सबै दर्शककले १५ प्रतिशत ’क्यास व्याक’ पाउने बताए ।
यो अफर हलमा फिल्म जति दिन चल्छ त्यति नै दिनसम्म कायम हुनेछ । पछिल्लो समय युवा पुस्तामाझ निकै प्रयोगमा रहेको खल्ती डिजिटल एपमार्फत् आफ्नो उपयुक्त समय र सिट रोजेर फिल्मको टिकट बुक गर्न र उक्त टिकटको पैसा तिर्न सकिन्छ ।

टिकटको पैसा तिरेको केही क्षणमै प्रयोगकर्ताको खल्ती आइडीमा १५ प्रतिशत पैसा फिर्ता आउने जनाइएको छ । ‘बाँध मायाले’मा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको पनि अभिनय रहेको छ ।
रामहरी धिताल र विभिषिका श्रेष्ठले निर्माण गरेको फिल्ममा केदार धिताल कार्यकारी निर्माता रहेको छन् भने महेन्द्र अधिकारी फिल्मका सह-निर्माताका हुन् ।




