प्रदर्शन मिति नराखि आयो ‘छक्का पञ्जा ३’ को पोस्टर



दीपाश्री निरौला निर्देशित चलचित्र ‘छक्का पञ्जा ३’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका पाँच प्रमुख पात्र फिचर्ड छन् ।

दिपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ आ-आफ्नो चरित्रमा प्रस्तुत छन् । आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्र दशैँमा प्रदर्शनमा आउँदैछ ।

शनिवार यस चलचित्रको अफिसियल ट्रेलर सार्वजनिक हुँदेछ । निर्माता तथा कलाकार दीपकराजका अनुसार, ट्रेलरमा चलचित्रको प्रदर्शन मिति राखिनेछ । फिल्म असोज २४, असोज २५ र असोज ३० मध्ये एक मितिमा आउने चर्चा छ ।

चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ । प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् ।

‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् । दीपक, केदार, जितु र यमन श्रेष्ठले डाइलग लेखेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu