प्रशान्तको ‘मायाङ्क’ मुहूर्त, पर्दामा शुशील र ज्योत्सनाको जोडी



अभिनेता प्रशान्त ताम्राकारको अभिनय रहने चलचित्र ‘मायाङ्क’ को मुहूर्त गरिएको छ । बुधवार चाबहिलको चन्द्र विनायक गणेस्थान मन्दिरमा चलचित्रको शुभ साइत गरिएको हो । सो चलचित्रको छायांकन भने असोज १५ गतेबाट सुरु हुनेछ ।


जापानबाट दिउँसो मात्र नेपाल ओर्लिएका कारण अभिनेता ताम्राकार मुहूर्त समारोहमा उपस्थित हुन सकेनन् । चलचित्रमा उनका अलावा शुशील उप्रेती र ज्योत्सना योगीको पनि अभिनय रहनेछ । एक अभिनेत्रीको नाम र भूमिका भने निर्माण टिमले गोप्य राखेको छ ।

कथाको मागअनुसार अर्की नायिकाको नाम समेत खुलाउन नमिलेको निर्माता जितेन्द्र खतिवडाले बताए । उनले ‘मायाङ्क’ मिठो प्रेमकथामा बन्ने लागेको बताए । चलचित्रलाई रोमी मानन्धरले निर्देशन गर्दैछिन् ।


‘मायाङ्क’ प्याराडाइज पिक्चर्स र माईन्डस्क्रिन फिल्म्सको ब्यानरमा बन्न लागेको हो । दिर्घ गुरुङले खिच्ने चलचित्रलाई माघमा रिलिज गर्ने लक्ष्य निर्माण टिमको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu