असोज ५ गतेबाट प्रदर्शनमा आउन लागेको एलिजा गौतमले निर्माण र अभिनय गरेको चलचित्र ‘अनुराग’ को नयाँ गीत रिलिज भएको छ । ‘तिम्रो स्वरमा…’ बोलको गीतमा प्रताप दासले आवाज भरेका छन् ।
गायकको भूमिकामा रहेका डेब्यु ब्वाई समुन्द्र पण्डित गीतको भिडियोमा फिचर्ड छन् । उनी एक बारमा आफ्नो प्रस्तुती दिँदैछन् । चलचित्रमा उनको जोडी एलिजासँग बाँधिएको छ । सार्वजनिक गीतमा सत्यराज चौलागाईंको शब्द तथा सरोज पोेखरेलको संगीत छ ।
अनु र रागको प्रेममा आउने उचारचढावको कथा वाचन गर्ने सत्यराज निर्देशित उक्त चलचित्रमा ठिलेंन लामा, सरोज खनाल, रुपा राना, राजाराम पौडेल, शिशिर राना, मोहन निरौला, विश्व बस्नेतलगायतका कलाकारहरुको पनि अभिनय छ ।
निर्देशक चौलागाईं र आगत केसीको पटकथा तथा संवाद रहेको यो चलचित्र सांगीतिक प्रेमकथामा आधारित छ । फिल्मका प्रस्तुतकर्ता ऋषि धमला हुन् ।
भरत गौतम र गीता भेटवाल निर्माता रहेको ‘अनुराग’ को कथा किरण दाहालले लेखेका हुन् भने रामकुमार केसी छायाँकार हुन् ।
गीत हेर्नुहोस् :-