आयो ‘निर्जला’ को दशैं गीत (भिडियो)



असोज १९ गते आउने राजु गिरी निर्देशित चलचित्र ‘निर्जला’ को नयाँ गीत रिलिज भएको छ । नेपालीहरुको महानपर्व दशैंलाई लक्षित गरेर सार्वजनिक गरिएको ‘यसपालीको दशैं…’ बोलको गीतमा बाबुल गिरी र सुजता बर्माको स्वर सुन्न सकिन्छ ।

गायक गिरी स्वयमको संगीत रहेको गीतको शब्द दिनेश सुवेदीले लेखेका हुन् । गीतको भिडियोमा किशोर खतिवडा, शुभेच्छा थापा र निक शर्मा फिचर छन् । यसअघि सार्वजनिक भएको ‘भाले मोटर’ गीत झैं यसलाई पनि दर्शकले रुचाउनेमा निर्माण टिम विश्वस्त छ ।

बिहीवार राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको गीतमा दशैं आउँदाको रमझम देखाइएको छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ लाई निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य चलचित्रभन्दा फरक भन्न चाहन्छन् ।

चलचित्रले गाउँले परिबेशको कथा भन्छ । चलचित्रमा श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापा, राजेन्द्र गिरी, भीम खनाललगायतको अभिनय छ ।

गीत रिलिज कार्यक्रममा बोल्दै अभिनेत्री थापाले ‘निर्जला’ आफ्नो लागि विशेष रहेको बताइन् । चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu