फ्राईडे रिलिजमा ‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाँध मायाले’



फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि दुई प्रतिक्षीत चलचित्र प्रदर्शनमा आएका छन् । ‘इन्टु मिन्टु लण्डनमा’ र ‘बाँध मायाले’ एकसाथ प्रदर्शनमा उत्रिएका हुन् । दुबै चलचित्र लभस्टोरी जनराका हुन् ।

अभिनेता धिरज मगर र अभिनेत्री साम्राज्ञी आरएल राणाको प्रमुख भूीमका रहेको ‘इन्टु मिन्टु लन्डनमा’ लाई रेनाशा वान्तवा राईले निर्देशन गरेकी हुन् । यसलाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् ।

प्रज्ज्वल समशेर जबरा र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा सारुक ताम्राकार, अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा, रुवी राणालगायत मुख्य भूमिकामा छन् ।

चलचित्र ‘बाँध मायाले’ मा आर्यन अधिकारी, सृष्टि श्रेष्ठ, नव नायक किशोर खड्का, राजाराम पौडेल, रविन्द्र प्रताप सेन र विशाल चाम्लिङको अभिनय रहेको छ । यसका निर्देशक सविर श्रेष्ठ हुन् ।

दुई चलचित्रसँग भिड्न घरेलु बजारमा अभिनेता जय किशन बस्नेतको चलचित्र ‘धूम ३’ पनि प्रदर्शनमा आएको छ । उता मल्टिप्लेक्समा शाहिद कपूर र श्रद्धा कपूरको ‘बत्ती गुल मिटर चालु’ ले पनि प्रदर्शन आरम्भ गरेको छ । हलिउडतर्फ भने ‘क्रेजी रिच एसियन्स’ को रिलिजमा अन्यौल छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu