चलचित्र ‘मेरो आफ्नो’ निर्माण हुने



‘मेरो आफ्नो’ नामक चलचित्र निर्माण हुने भएको छ । राजु अधिकारीको निर्देशनमा बन्न लागेको यस चलचित्रको शुक्रवार राजधानीको भद्रकाली मन्दिरमा शुभ साइत गरिएको छ ।

ओम साई भक्त मुभिजको ब्यानरमा श्रीराम बरालको प्रस्तुती रहने चलचित्रलाई बसन्त शर्मा र मात्रिका बजिमयले निर्माण गर्दैछन् । असोज ७ गतेबाट चलचित्रको छायांकन हुने निर्देशक अधिकारीले बताए ।


चितवन र मनाङ्गमा छायांकन हुने चलचित्रमा रिया श्रेष्ठ, रुपा राना, नरेश पौडेल, सुजाता थापा, सुन्दर श्रेष्ठ र बाल कलाकारमा अरुण कलिराजको अभिनय रहनेछ । केवल जंग कुँवरले यो चलचित्रबाट डेब्यु गर्दैछन् ।

‘मेरो आफ्नो’ मा मौनता श्रेष्ठको लेखन, हिमाल केसीको द्वन्द्व र पवन गौतमको छायांकन रहने छ । फिल्म पारिवारिक कथावस्तुमा निर्माण हुन लागेको हो । अर्को वर्षको मध्यतिर चलचित्रलाई प्रदर्शनमा ल्याउने निर्माण टिमको तयारी छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu