प्रदर्शन मिति घोषणा गर्दै ‘दि कर्मा’को फर्स्टलुक सार्वजनिक



मंसिर ७ गतेलाई पश्रदर्शन मिति घोषणा गर्दै भारतका मोडल तथा कलाकार करण वर्माको अभिनय रहेको चलचित्र ‘दि कर्मा’ को फर्स्टलुक भिडियो युट्युबमार्फत् सार्वजनिक गरिएको छ ।

भिडियोमा अभिनेता करण मात्र फिचर्ड छन् । उनको सुगठित शरीरलाई विशेष ध्यानमा राखेर फस्टलुक तयार पारिएको छ ।

उनी एङग्री लुक्समा प्रस्तुत छन् । चलचित्र एक्सन प्याक्ड रहेको फस्टलुक भिडियो बोल्छ । करण ‘मिस्टर इन्डिया २०१७’ का विजेता हुन् ।

जय राज रायले निर्माण गरेको चलचित्रलाई देव कुमार श्रेष्ठले निर्देशन गरेका हुन् । नेपाल र भारतको सिमा क्षेत्रमा हुने घटनामा बनेको उक्त चलचित्रलाई रामेश्वर कार्कीले छायांकन गरेका छन् । चलचित्रमा अष्ट महर्जनको द्वन्द्व छ ।

जय मिडिया म्यानेजमेन्ट प्रा.लि.को ब्यानरमा बनेको ‘दि कर्मा’ को कथा निर्माता राय आँफैले लेखेका हुन् । निशा खतिवडा निर्मात्रीको रुपमा रहेको चलचित्रको छायांकन नेपालको तराई क्षेत्रमा भएको हो ।

नीता ढुंगाना, परमिता राज्यलक्ष्मी राणा, बुद्दी तामाङ्ग, देव कुमार श्रेष्ठ, अनुप सक्सेना, संगीता नापितलगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रमा कोशिश क्षेत्री, मानस थापा र अंकित बाबु अधिकारीको संगीत छ ।

चलचित्रका गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ । काठमाडौंमा काफिया फिल्मस् र उपत्यका बाहिर बैङकेटेश ईन्टरटेन्मेन्टले वितरण गर्ने ‘दि कर्मा’ को स्क्रिनप्ले र डाइलग शुशील पोखरेलको हो ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu