हेर्नुहोस् ‘छक्का पञ्जा ३’ को ट्रेलर, आउने भयो घटस्थापनामा (भिडियो)



घटस्थापनाको दिनलाई प्रदर्शन मिति तय गर्दै प्रतिक्षीत चलचित्र ‘छक्का पञ्जा ३’ को ट्रेलर सार्वजनिक भएको छ । शनिबार बिहान साढे ८ बजे ज्योतिषले दिएको समय अनुसार चलचित्रको ट्रेलर राजधानीको क्यूज हलमा पत्रकारलाई देखाएपछि युट्युबमार्फत् वल्ड वाइड रिलिज गरिएको हो ।

ट्रेलरमा कमेडीलाई भन्दा सामाजिक मुद्धालाई बढी स्थान दिइएको छ । जातिय विभेद, विद्यालयमा हुने राजनीति र अशिक्षित युवाहरुको कथा चलचित्रले बोल्ने ट्रेलरबाट अनुमान गर्न सकिन्छ । दीपकराज गिरी, दीपिका प्रसाइँ, केदार घिमिरे, जितु नेपाल र बुद्धि तामाङ ट्रेलरमा हाबी छन् ।

दुई गीत र पोस्टरमा प्रदर्शन मिति नराखेपनि निर्माण टिमले ट्रेलरमा चलचित्र घटस्थापनाबाट देशैभर प्रदर्शनमा आउने उल्लेख गरेको छ । अब योसँगै एकसाथ प्रदर्शनमा आउने भनिएको चलचित्र ‘जय भोले’ फूलपातीमा आउने ट्रेलर रिलिज कार्यक्रममा कलाकार तथा निर्माता दीपकराजले बताए ।

आमा सरस्वती मुभिज र आईएमईएको संयुक्त प्रस्तुति रहेको चलचित्रलाई दीपाश्री निरौलाले निर्देशन गरेकी हुन् । चलचित्रमा नीर शाह, शिवहरी पौडेल, विल्सन विक्रम राई, किरण केसीलगायतको पनि अभिनय छ ।

प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउत र संजोग कोइराला गेस्ट रोलमा छन् । ‘छक्का पञ्जा ३’ को कथा दीपक आफैंले लेखेका हुन् । चलचित्रमा केदार घिमिरे (माग्ने बुढा) र जितु नेपाल (मुन्द्रे) कार्यकारी निर्माताको रुपमा छन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu