दीपकराजले भने – ‘जय भोले’ फूलपातीको दिन’



दशैंमा हुने भनिएको दुई चलचित्र ‘छक्का पञ्जा ३’ र ‘जय भोले’ को महासंग्राम अन्त्य भएको छ । शनिवार ‘छक्का पञ्जा ३’ को ट्रेलर रिलिज कार्यक्रममा निर्माता तथा कलाकार दीपकराज गिरीले ‘जय भोले’ को प्रदर्शन मिति घोषणा गरेका छन् । उनले भने, ‘छक्का पञ्जा ३’ घटस्थापनाको दिन । र, ‘जय भोले’ फूलपातीको दिन ।’

उनले क्लास हुनबाट बाँच्न र दुबै चलचित्रको सफलताका लागि प्रदर्शन मितिमा सहमती जुटेको बताए । ‘मेरो गोरुको बाह्रै टक्का’ भनेर बस्नुभएको थियो, सहमती कसरी सम्भव भयो ? पत्रकारको प्रश्नमा दीपकले भने, ‘प्रदर्शन मिति ठूलो कुरा होइन, दुई फिल्म जुध्नु हुन्न भन्ने मात्र हो ।’


उनले थपे, ‘दुई चलचित्र जुध्दा फिल्म इन्डष्ट्रीको अहित चाहने तत्वहरु सलबलाउँछन् । यसकारण मिलेर अगाडि बढ्नु पर्छ भनेर म र अशोक दाईबीच धेरैपटक वार्ता भयो । मैले उहाँलाई फूलपाती या घटस्थापनामध्ये एक मितिमा आउनु भने । उहाँले फूलपाती रोज्नुभयो ।’

‘जय भोले’ निर्माता तथा निर्देशक अशोक शर्माले चलचित्र रिलिजका लागि धेरै हलसँग कागजी सम्झौैता गरिसकेका छन् । अब त्यो के हुन्छ ? फेरि पत्रकारको प्रश्न दीपकराजमाथि तेर्सियो । उनले रिलिजको एक हप्तापछि ‘जय भोले’ ले सम्झौता गरेको हल छाड्न कुनै आपत्ति नभएको बताए ।

‘एकैदिन आउँदा पनि त हल बाँडफाँड हुन्थ्योे । अब त एक हप्ताको अन्तर छ । एक हप्ताको विजनेश हामीले राम्रोसँग गर्न पाउँछौं । त्यसपछि चलचित्र चलाउने वा नचलाउने हल सञ्चालकको हातमा हुन्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu