‘हजार जुनी सम्म’ मा फाइनल भईन् स्वस्तिमा



‘नाईं नभन्नू ल ५’ को सफलतापछि निर्देशक विकासराज आचार्य अब नयाँ नामको चलचित्र निर्माणमा जुटेका छन् । चलचित्रको नाम ‘हजार जुनी सम्म’ जुराइएको छ ।

उक्त चलचित्रका लागि उनले अभिनेत्री छनौट गरेका छन् । ‘नाईं नभन्नू ल ५’ मा प्रमुख भूमिकामा रहेकी अभिनेत्री स्वस्तिमा खड्का चलचित्रका लागि अनुबन्ध भएकी छन् ।

निर्देशक आचार्यका अनुसार, स्वस्तिमासँग केही दिनमा नै कागजी सम्झौता हुनेछ । ‘नाईं नभन्नू ल ५’ कै बेलादेखि उनीसँग कुरा भएको थियो । वाइन लाइन स्टोरी पनि सुनिसकेकी छन् । उनले चलचित्र गर्ने कन्फर्म हो’, आचार्यले भने ।

म्यूजिकल लभस्टोरी जनरामा निर्माण हुने चलचित्रका लागि अहिले हिरोको खोजी भइरहेको छ । स्रोतका अनुसार, यसअघि उक्त फिल्म युवा स्टार प्रदीप खड्कालाई अप्रोज गरिएको थियो । व्यस्तताका कारण उनले गर्न सकेनन् ।

सामिप्यराज तिमल्सिना र निर्देशक आचार्यले ‘हजार जुनी सम्म’ को कथा लेखेका छन् । बाल कलाकार अनुभव रैग्मीकी आमा कविताले चलचित्र निर्माण गर्नेछिन् । तिहारपछि चलचित्रको छायांकन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu