गायक सञ्जिव पुडासैनीको डेब्यु निर्देशन र गायन रहेको गीत ‘किन तिमी आज’ को भिडियो सार्बजनिक गरिएको छ । अहिलेको चर्चामा रहेको वेब सिरिज ‘ट्वान्टी फर्स्ट लब’ मा समावेश उक्त गीतको अफिसियल भिडियो सार्बजनिक गरिएको हो ।

यस गीतको लिरिकल भिडियो सार्बजनिक गरिएको थियो । गीतमा थुप्रैले म्युजिकल्ली पनि गरेका थिए । गीतमा गायक सञ्जिव पुडासैनीको शब्द रचना र संगीत रहेको छ ।
काठमाडौँको ठमेल वरिपरि छायांकन गरि तयार गरिएको यस गीतको भिडियोमा गायक सञ्जिव पुडासैनी पनि फिचरमा छन् भने साथमा मोडल गरिमा श्रेष्ठ पनि भिडियोमा देख्न सकिन्छ ।
मिलन शंकरले खिचेको यस गीतको भिडियोलाई गायक सञ्जिवले डेब्यु निर्देशन गरि तयार गरेका हुन् भने भिडियोलाई सिलन लम्सालले सम्पादन गरेका हुन् ।
भिडियो :-




