‘छिरिङ्ग’ को ‘ए कान्छा…’ गीत रिलिज (भिडियो)



असोज १२ गतेबाट देशव्यापी प्रदर्शनमा आउन लागेको गायक तथा अभिनेता यश कुमार निर्देशित तथा अभिनीत चलचित्र ‘छिरिङ्ग’ को नयाँ गीत सार्वजनिक भएको छ । अरुणा लामा र रुद्र गुरुङ्गको दशक अगाडिको चर्चित गीत ‘ए कान्छा…’ को पहिलो हरफलाई रि-रेकडिङ गरिएको छ ।

नयाँ भर्सनमा गायक यशलाई गायनमा सुनिता थिगिमले साथ दिएकी छन् । गीतको शब्द पासाङ ब्याङ्गबल र यशले लेखेका हुन् । अम्बर गुरुङ र यशको कम्पोज रहेको गीतको भिडियोमा कविराज गहतराजको कोेरियोग्राफी छ ।

यश र नव नायिका कामना भुजेल फिचर्ड गीतको छायांकन र लोकेशन गजब छ । अभिनेता-अभिनेत्रीको केमेस्ट्री पनि सुहाएको छ । यशले पहिलो पटक कमाण्ड सम्हालेको उक्त चलचित्रले बहुपतिप्रथाको कथा भन्छ ।

गायक तथा अभिनेता निमा रुम्बा पनि चलचित्रमा लिड रोलमा छन् । सुनिल माथेमा प्रधान, आइबी दर्नाल र नवीन बुढाथोकीको निर्माण रहेको चलचित्रलाई यश र याम थापाले मिलेर लेखेका हुन् ।

‘छिरिङ्ग’ मा मानकृष्ण महर्जनको छायांकन, चन्द्र पन्तको द्वन्द्व, मिलन श्रेष्ठ र साहिल खानको सम्पादन छ । दुई पति भएकी एक युवतीले गर्नुपरेको भौतिक, मानसिक, सामाजिक र सांस्कृतिक द्वन्द्व चलचित्रको कथावस्तु हो ।

गीत हेर्नुहोस् :- 

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu