नेपाली कथानक चलचित्र ‘तुवाँलो’ को अमेरिकाको बाल्टिमोरमा प्रिमियर भएको छ । सो ठाउँमा चलचित्रको दुई शो भइसकेको छ । चलचित्रमा दलित समुदायभित्रको दलित र भेदभाव तथा बेरोजगारको कथालाई समेटिएको निर्माता गिरिप्रसाद सुनारले बताए ।

प्रिमियरमा चलचित्रका निर्माता तथा कलाकार गिरीप्रसाद सुनारलाई नासो संस्थाको तर्फबाट सम्मान गरिएको थियो । मेरिल्याण्ड तथा पेन्सिलभेनिया राज्यका अवैतनिक महाबाणिज्यदुत प्रेमराजा महतलगायतले सम्मान गरेका थिए ।
प्रिमियर शोमा चलचित्रले उठाएको विषय र प्रस्तुतिको अधिकांशले तारिफ गरेका थिए । दीपक परियारको निर्देशन रहेको चलचित्रमा सुशील क्षेत्री, पूजा पराजुली, रमेश आब्जु, सुरेन्द्र बराल, रस्मि भट्ट, गिरीप्रसाद सुनार, भिमसेन श्रेष्ठलगायतको अभिनय छ ।

जिएस मुभि मेकर्सको निर्माण एवं लुम्बिनी मुभि मेकरको प्रस्तती यो चलचित्रमा भिमसेन श्रेष्ठ, गिरीप्रसाद सुनार र रमेश आब्जुको निर्माण रहेको छ । बैशाखमा यो चलचित्र नेपालमा रिलिज हुँदैछ ।




