प्रदीप र जसिताको ‘लभ स्टेशन’ को मुहूर्त



अभिनेता प्रदीप खड्का र अभिनेत्री जसिता गुरुङको प्रमुख भूमिका रहने चलचित्र ‘लभ स्टेशन’ सोमबार पशुपति मन्दिरमा मुहूर्त गरिएको छ । शुक्रबारबाट फ्लोरमा निस्कने चलचित्रको ‘क्यामेरा अन’ भारतको दार्जिलिङमा हुनेछ ।


यसका लागि जम्बो टिम मंगलवार त्यसतर्फ प्रस्थान गर्ने निर्माता गोविन्द शाहीले बताए । प्रदीप र जसिता भने बुधवारमात्र जानेछन् । भेट्रोन निर्देशक उज्वल घिमिरेले निर्देशन गर्ने चलचित्रको छायांकन भारतको दार्जीलिङ, कालिङपोङ, सिक्किमलगायत नेपालको पुर्वी भेगका इलाम, फिक्कलमा हुनेछ ।

५० दिनको छायांकन तालिका रहेको चलचित्रमा प्रदीप र जसितासँगै श्रद्धा क्षेत्री, निरुता सिंह, सरोज खनाललगायतका कलाकारहरुको अभिनय रहनेछ । पारिवारिक प्रेमकथामा आधारित रहेकाले विगतका चलचित्रभन्दा केही पृथक ‘लभ स्टेशन’ बन्ने प्रदीपले बताए ।


गएको वर्ष प्रदर्शनमा आएको चलचित्र ‘लिलिबिली’ मा प्रदीप र जसिताको जोडिलाई दर्शकले अत्याधिक रुचाएका थिए । आलोक शुक्लाको छायांकन रहने चलचित्रमा शम्भुजित बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत रहनेछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu