यस्तो छ शुभेच्छाको ‘निर्जला’ ट्रेलर (भिडियो)



असोज १९ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको चलचित्र ‘निर्जला’ ट्रेलर सार्वजनिक भएको छ । ट्रेलरमा वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम देखाइएको छ ।

राजु गिरी निर्देशित चलचित्रमा किशोर खतिवडा, शुभेच्छा थापा, निक शर्मा, श्याम राई, पल्पसा डंगोल, रश्मी भट्ट, राजकुमार थापालगायतको अभिनय छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ ले गाउँले परिबेशको कथा भन्छ ।

चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । निर्देशक गिरी आफूले निर्देशन गरेका अन्य चलचित्रभन्दा ‘निर्जला’ फरक रहेको बताउँछन् ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu