शुक्रवारबाट देशव्यापी प्रदर्शनमा आएको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ को नयाँ गीत सार्वजनिक भएको छ । ‘थाहै भएन’ बोलको ओएसटीमा स्वप्न सुमनको स्वर, शब्द तथा संगीत छ ।
लण्डनमा खिचिएको गीतमा अभिनेत्री साम्राज्ञी आरएल शाह र अभिनेता धिजर मगर फिचर्ड छन् । ‘लण्डनमा’, ‘उडायो हावाले’, ‘जुरायो जुरायो’ र ‘आई एम इन्टु…’ गीत चलचित्र अगाडि नै हिट भएको थियो । चलचित्र रिलिज भएदेखि मेकिङ, लोकेशन र कलाकारको अभिनयको सबैभन्दा बढी प्रशंसा भइरहेको छ ।

रेनाशा वान्तवा राई निर्देशित चलचित्र लाई प्रज्ज्वल समशेर जबरा र प्रभु समशेर जबराले संयूक्त रुपमा निर्माण गरेका हुन् । चलचित्र मा मिरा अर्थात् मिन्टुको भूमिकामा साम्राज्ञी, इशान अर्थात् इन्टुको भूमिकामा धिरज प्रस्तुत छन् ।
आई कोर फिल्मस्को व्यानरमा निर्मित ‘इन्टु मिन्टु लन्डनमा’ का सह-निर्माताहरुमा सुलेखा राई, बसन्त तामाङ र सुष्मिता जिरेल रहेका छन् । चलचित्र को लेखकमा अभिमन्यु दिक्षित र रेनाशा रहेका छन् भने, आभास कर्माचार्यको संवाद रहेको छ ।
प्रज्ज्वल र रेनाशाकै कथा रहेको रोमान्टिक लभस्टोरीमा शैलेन्द्र धोज कार्कीको छायांकन, टिसूजिल कर्माचार्य, हर्कुलस बस्नेत, स्वप्न सुमन र बसन्त सापकोटाको संगीत रहेको छ । चलचित्र मा अर्जुन श्रेष्ठ, दिलभुषण पाठक, विजय लामा र रुवी राणाको पनि अभिनय छ ।
भिडियो :-




