अभिनेता शुशील श्रेष्ठको लिड रोल रहेको चलचित्र ‘बादशाह जुट’ को एक गीतमा अभिनेत्री प्रियंका कार्कीले ठुम्का लगाएकी छिन् । यो चलचित्रमा उनी गीतमा मात्र देखिनेछिन् ।

सोमबार लोक फ्लेवरको एक गीत खिच्दै चलचित्रको सम्पूर्ण छायांकन सकिएको छ । गीतमा प्रियंकासँग शुशील र आमिर गौतमले नृत्य गरेका छन् । उक्त चलचित्रको प्रदर्शन मिति पनि निर्माण टिमले घोषणा गरेको छ ।

अंग्रेजी नयाँ वर्षको अवसर पारेर पौष १३ गतेबाट चलचित्र रिलिज हुने निर्माता भोजराज श्रेष्ठले बताए । बैशाख १० गतेबाट छायांकन आरम्भ भएता पनि ६० दिनमात्र क्यामेरा अन भएको थियो । यो चलचित्रलाई जोनी सिंह राणाले निर्देशन गरेका हुन् ।

निर्माता श्रेष्ठले दुई राजाको कथामा निर्माण भएको ‘बादशाह जुट’ को छायांकनमा आफूले कुनै पनि कुराको कमी हुन नदिएको बताउँदै चलचित्र राम्रो बनेको विश्वास व्यक्त गरे । चलचित्रमा रविन तामाङ, रोशी खड्का, रश्मी पाण्डे, सुधा रावतलगायतको अभिनय छ ।

एच एण्ड बि फिल्मस् प्रा.लि. र गोल्डेन ग्रेप्स फिल्मस् एण्ड इन्टरटेनमेन्ट प्रा.लि.को संयुक्त व्यानरमा निर्माण भएको चलचित्रमा राज कुमार उप्रेतीको द्वन्द्व, कृष्ण भारद्धाज, विक्रम स्वाँरको कोरियोग्राफी, कोशिस क्षेत्री र मोहित मुनालको संगीत, दिर्घ खड्काको सम्पादन रहेको छ ।
भिडियो :-




