प्रदर्शन मिति घोषणा गर्दै ‘जय भोले’ को पोस्टर सार्वजनिक



१२ वर्षपछि निर्देशनमा कमब्याक गरेका अशोक शर्मा निर्देशित चलचित्र ‘जय भोले’ को अफिसियल पोस्टर र प्रदर्शन मिति घोषणा गरिएको छ । पोस्टरमा चलचित्रको प्रदर्शन मिति फूलपाती अर्थात् अशोक ३० गते उल्लेख छ ।

यसअघि यो चलचित्र ‘छक्का पञ्जा ३’ सँग भिड्ने खबरले सिनेवृत तरंगीत बनेको थियो । आपसी समझदारी अनुसार ‘छक्का पञ्जा ३’ घटस्थापना र ‘जय भोले’ फूलपातीमा आउन तयार भएका हुन् ।

निर्देशक शर्माले अब चलचित्रको प्रचारलाई तिव्र बनाउने बताए । पोस्टरमा चलचित्रका अधिकांश कलाकार प्रस्तुत छन् । यस चलचित्रको कथा अभिनेता खगेन्द्र लामिछानेले लेखेका हुन् ।

चलचित्रमा उनी प्रमुख भूमिकामा छन् । स्वस्तिमा खड्का, सौगात मल्ल, सलोन बस्नेत, बुद्धि तामाङ, राजाराम पौडेल, बसुन्धारा भुषाललगायतका कलाकारहरुको पनि अभिनय छ ।

ह्युमर तथा सोसल कमेडी ड्रामामा निर्मित ‘जय भोले’ को बजेट १ करोड ६० लाख बताइएको छ । निर्देशक शर्माको चलचित्रमा निर्माण र अभिनय पनि छ । किरन शर्मा, कृति शर्मा र अंकित शर्माको निर्माण रहेको चलचित्रको ‘उम्लियो भने पोखिन्छ’ गीत हिट भइसकेको छ ।

झापा र ईलाममा खिचिएको ‘जय भोले’ मा पुरुषोत्तम प्रधानको छायांकन, राजनराज सिवाकोटी/कल्याण सिंहको संगीत, राज ढुंगानाको सम्पादन, बसन्त श्रेष्ठको नृत्य र रोशनविक्रम भट्टराईको एक्सन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu