‘कथा काठमाण्डू’ समाजकै कथा हो : प्रमोद अग्रहरी



भर्सटायल अभिनेताको रुपमा परिचित छन् प्रमोद अग्रहरी । हरेक चलचित्रमा उनी फरक भूमिका देखिरहेका छन् । यही असोज १२ गते उनी अभिनीत नयाँ चलचित्र ‘कथा काठमाण्डू’ प्रदर्शनमा आउँदैछ ।

ट्रेलर र गीतमा समेटिएको इन्टिमेट सिनका कारण चलचित्रको रिलिज अगावै चर्को आलोचना भइरहेको छ । ‘रातको कुरा’ बोलको गीतमा प्रमोद र अभिनेत्री प्रियंका कार्कीको इन्टिमेट सिनलाई धेरैले भल्गर भनेका छन् ।


ट्रेलर र गीत हेरेर चलचित्रको मुल्यांकन गर्नेलाई सेन्सर बोर्डले गतिलै जवाफ दियो, जब निर्देशक संगीत श्रेष्ठको चलचित्रले पिजी सर्टिफिकेट पायो । धेरैलाई थियो चलचित्रले एडल्ट सर्टिफिकेट पाउँछ । अब भने चलचित्रप्रति सकारात्मक सोच पलाउन थालेको छ ।

तर, अभिनेता प्रमोदलाई भने नेपालको इमरान हाश्मी भन्न थालेका छन् । उनी भने सबैको आ-आफ्नो बुझाई सम्झन्छन् । ‘बलिउडमा इमरानमात्र होइन यस्तो खालको सिन गर्ने । राज कपुरदेखि नै चल्दै आएको हो । मलाई कसैसँग नदाँजिदिनुस् । म प्रमोद अग्रहरी नै ठिक छु’, उनी भन्छन्,

उनले चलचित्र ‘कथा काठमाण्डू’ ले समाजकै कथा बोलेको बताए । ‘समाजमा दविएर बसेको महिला हिंसालाई जस्ताको त्यस्तै देखाउन खोजिएको छ । अहिले जति चलचित्रलाई लिएर विरोध र आलोचना भइरहेको छ त्यो चलचित्र रिलिजपछि हुनेछैन’, उनले ठोकुवा गरे ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu