संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्दा धेरै सिकेँ: निशान



काठमाण्डौ। ‘म्यानहन्ट नेपाल २०१६’का मिष्टर पर्सनालिटी तथा ‘टप मोडल नेपाल २०१८’ विजेता निशान चौहान गएको चैत २० गते बेलायतको लण्डनमा भएको ‘टप मोडल वर्ल्डवाइड २०१८’को टप टेनमा पुग्न सफल भएका छन् ।

टप टेनमा पुगेर बाहिरिएपनि उनको लगनशिलता देखेर आयोजक संस्थाले र्‍याम्पका लागि अप्रोज गरेको थियो । साढे ५ महिना लामो लण्डन बसाईपछि हालै नेपाल फर्किएका उनले पारिश्रमिक लिएर मात्र आफू र्‍याम्पमा उत्रिएको बताउँछन् ।

उनी भन्छन्, ‘टप मोडल वर्ल्डवाइड २०१८’ को उपाधि जित्छु भनेरै लण्डन गएको थिएँ तर त्यहाँ पुगेपछि आफूलाई अझै धेरै सिक्नु पर्ने महशुस गरेँ । र, धेरै कुरा सिकेर फर्किएको छु ।’ फिल्म ‘पर्व’ मा समेत काम गरेका उनले एक नेपालीले लण्डनमा पुगेर संसारभरका मोडलसँग प्रतिष्पर्धा गर्न पाउँदा निकै गर्व लागेको पनि बताए ।

सन् २०१६ बाट मोडलिङ्ग सुरु गरेका २९ बर्षिय बिरगञ्ज, पर्सा निवासी निशानले लण्डन जानुअघि काठमाण्डौमा नै रहेर आफ्नो मोडलिङ्ग करिअरलाई अगाडी बढाईरहेका थिए । उनले कलर्स मोबाईल, डाबर नेपाल, एसआर स्टील तथा यूएसएड नेपालको परिवार योजनाको विज्ञापन लगायत अन्य थुप्रै टेलिभिजन विज्ञापनमा समेत अभिनय गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu