‘इन्टु मिन्टु लण्डनमा’ को सफलताको केक काट्दै नयाँ चलचित्रको घोषणा



घरेलु बजारमा सानदार कलेक्सन गरिरहेको चलचित्र ‘इन्टु मिन्टु लण्डनमा’ टिमले सफलताको केक काट्दै नयाँ चलचित्रको घोषणा गरेको छ । बुधवार राजधानीको ठमेलमा रहेको एक बारमा सक्सेस पार्टीको आयोजना गर्दै निर्माताले दोस्रो प्रोजेक्ट ‘आई एम 21’ अर्थात् ‘म २१ वर्ष’ घोषणा गरे ।

चलचित्रको बारेमा अन्य जानकारी केही पनि दिइएको छैन । उक्त चलचित्रमा ‘इन्टु मिन्टु लण्डनमा’ का इन्टु उर्फ धिरज मगर लिड रोलमा हुने प्रवल सम्भावना रहेको निर्देशक रेनाशा वान्तवा राईले बताइन् । तर, कन्फर्म भने गरिनन् ।


उनीसँग निर्माण टिमले दुई फिल्म सम्झौता गरिसकेको छ । नयाँ चलचित्रलाई रेनाशाले निर्देशन गर्छिन् वा गर्दिनन् ? यसको केही दिनमा औपचारिक कार्यक्रमका बीच जानकारी दिइने निर्माता प्रज्ज्वल समशेर जबराले बताए । चलचित्रको रिलिज अर्को वर्षको दशैंलाई तोकिएको छ ।

‘इन्टु मिन्टु लण्डनमा’ को सक्सेस पार्टीमा निर्माण टिमले केक काटेर खुसीयाली साटेको थियो । पार्टीमा निर्माता प्रज्ज्वल, निर्देशक रेनाशासँगै अभिनेता द्वय धिरज र सारुक ताम्राकार उपस्थित थिए । तर, अभिनेत्री साम्राज्ञी आरएल शाह भने पुगिनन् ।

निर्माता जबराका अनुसार, चलचित्रले मंगलवारसम्ममा घरेलु बजारबाट ३ करोड ३० लाख ग्रस कलेक्सन गरेको छ । उक्त चलचित्रको राजधानी भित्रको वितरण निर्माण कम्पनी आई कोर फिल्मसले नै गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu