अब मंसिर ७ मा आकाशको ‘ड्रिम गर्ल’



अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री आश्मा गिरी स्टारर चलचित्र ‘ड्रिम गर्ल’ को प्रदर्शन मिति फेरि हेरफेर भएको छ । गएको असार २९ पछि निर्माण टिमले चलचित्रलाई असोज १९ गते ल्याउने कन्फर्म गरेको थियो ।

फेरि एकपटक प्राविधिक कारण देखाउँदै उक्त चलचित्रको रिलिज मंसिर ७ गतेलाई तय गरिएको छ । निर्देशक ऋषिराज आचार्यले अब चलचित्रको रिलिज फेरबदल नहुने बताए ।

चलचित्रमा विल्सन विक्रम राई, सरोज खनाल, अर्जुन श्रेष्ठ, शिशिर भण्डारी, पूजा पराजुली, निर्मल शर्मा, लक्ष्मी गिरी,रश्मी भट्ट, सुरवीर पण्डितलगायतले अभिनय गरेका छन् ।

आरबि मुभीजको ब्यानरमा बनेको चलचित्रको निर्मातामा निर्देशक ऋषिराज, अर्जुन शर्मा र रामेश्वर घिताल छन । काठमाडौ, मुस्ताङ तथा थाइल्याण्डका बिभिन्न स्थानमा खिचिएको यस चलचित्रको सह-निर्मातामा दक्षिण भारतको रिल एण्ड रियल सिनेमा कम्पनी छ ।

राहुल राईले खिचेको चलचित्रमा अर्जुन पोखरेलको संगीत र गम्भीर बिष्टको कोरियोग्राफी छ । चलचित्र नवीन निरौलाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu