आमिरको ‘ठग्स अफ हिन्दोस्तान’ ट्रेलर सार्वजनिक (भिडियो)



बलिउडको बहुप्रतिक्षित चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ को अफिसियल ट्रेलर सार्वजनिक भएको छ । यश चोपडाको जन्मदिनमा चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर एक्सन र दमदार डाइलगबाट भरपूर छ ।

ट्रेलरमा भिएफएक्स जबर्जस्त देखिएको छ । ठूला-ठूला जहाज र कलाकारको लुक्सको अन्दाजले तपाईहरुलाई ‘बाहुबली’ को ग्रान्ड स्‍टाइलको याद दिलाउन सक्छ ।

दिपावलीको अवसर पारेर ८ नोभेम्बरमा रिलिज हुन लागेको यो चलचित्र फिलिप टेलर्सको उपन्यास ‘कन्फेशन अफ ठग्स’ मा आधारित छ । चलचित्रको निर्देशन विजय कृष्ण आचार्यले गरेका हुन् । उक्त चलचित्र तीन भाषामा रिलिज हुनेछ ।

हिन्दीसँगै चलचित्रलाई तमिल र तेलुगूमा पनि डब गरिएको छ । चलचित्रमा अमिताभ बच्चन (खुदाबक्श), आमिर खान (फिरंगी), फातिमा सना शेख (जफीर), कटरीना कैफ (सुरैया) र लायड (जोन क्लाइव) को भूमिकामा छन् ।

‘ठग्स अफ हिन्दोस्तान’ को बजेट २ करोड १० लाख बताइएको छ । यो यशराज ब्यानरको सबैभन्दा महँगो चलचित्र हो । भिएफएक्स र सेट डिजाइनमा निकै पैसा खर्च भएको छ । यो पहिलो चलचित्र हो जुन ठगको जिन्दगीलाई पर्दामा देखाइदैछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu