एकसाथ हल छिरे ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’



फ्राईडे रिलिज अन्तर्गत यस हप्ताका लागि फरक-फरक जनराका तीन नेपाली चलचित्र प्रदर्शनमा आएका छन् । ‘कथा काठमाण्डू’, ‘छिरिङ्ग’ र ‘अनुराग’ ले हलमा व्यापारिक प्रतिस्पर्धा थालेका हुन् । यी तीनै चलचित्रले फरक कथावस्तु उठाएका छन् ।

‘कथा काठमाण्डू’ ले घरेलु हिंसाको कथा भन्छ । ‘छिरिङ्ग’ ले बहुपतिप्रथा र मस्तिष्क प्रत्यारोपणको कथा वाचन गरेको छ । र, ‘अनुराग’ एक म्यूजिकल लभस्टोरी चलचित्र हो । मल्टिप्लेक्समा अन्य दुई चलचित्रभन्दा ‘कथा काठमाण्डू’ ले निकै राम्रो शोज पाएको छ ।

संगीता श्रेष्ठ निर्देशित यस चलचित्रमा प्रियंका कार्की, प्रमोद अग्रहरी, आयुष्मान देशराज जोशी, सन्ध्या केसी, संयोग कोइराला, प्रेक्क्षा अधिकारीको प्रमुख भूमिका छ । ‘रातको कुरा…’ बोलको गीतमा प्रियंका र प्रमोदको इन्टिमेट सिन पश्चात् यो चलचित्रको चर्को आलोचना भइरहेको छ ।


‘छिरिङ्ग’ लाई गायक तथा नायक यश कुमारले निर्देशन गरेका हुन् । उनको यो पहिलो निर्देशित फिल्म हो । उनका अलावा गायक तथा अभिनेता निमा रुम्बाको पनि चलचित्रमा अभिनय छ । यी दुई अभिनेताको अपोजिटमा अभिनत्री कामना भुजेल छिन् ।

यस्तै, पत्रकारिता क्षेत्रमा कपाल फुलाएका ऋषि धमलाले निर्माण गरेको ‘अनुराग’ मा उनकी श्रीमती एलिजा गौतमले अभिनय गरेकी छन् । उनको यो डेब्यु चलचित्र हो । सत्यराज चौलागाईँ निर्देशित चलचित्रमा समुन्द्र पण्डितको पनि लिड रोल छ ।

नेपाली तीन चलचित्रसँग बलिउडको प्रतिक्षीत चलचित्र ‘सुई धागा’ ले एकाध सिंगल पर्दासँगै अधिकांश मल्टिप्लेक्स स्कृनमा आफ्नो कब्जा जमाएको छ । चलचित्रलाई राजधानीको ठूलो मल्टिप्लेक्स क्यूएफएक्सले शुक्रवार १७ शोज बाँडेको छ ।

मनीष शर्मा निर्मित चलचित्रमा अनुष्का शर्मा र वरुण धवन लिड रोलमा छन् । मौजी बनेका वरुण र ममता बनेकी अनुष्काको जिन्दगीको कहानी र उनीहरुको स्ट्रगसलाई चलचित्रमा देखाइएको छ । मीण पृष्ठभूमिसँग जोडिएको चलचित्रमा अनु मल‍िकको सोलो संगीत छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu