रेखा स्टारर ‘मालिका’ ट्रेलर रिलिज (भिडियो)



कात्तिक १६ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको अभिनेत्री रेखा थापा निर्देशित तथा अभिनीत चलचित्र ‘मालिका’ को ट्रेलर सार्वजनिक भएको छ । शुक्रवार राजधानीमा एक कार्यक्रमका बीच टिमले फिल्मको ट्रेलर सार्वजनिक गरेको हो ।

ट्रेलरमा रेखा र डेब्यु गर्ल कमला वली हाबी छन् । कमर्शियल भ्यालु देखिएको ट्रेलरमा एक नारीको सशक्त र कमजोर दुई रुप देखाउन खोजिएको छ । ट्रेलर रेखाको एक्सन र डाइलगबाट भरिपूर्ण छ । चलचित्रले नारी सशक्तिकरणको आवाज उठाएको रेखाले बताइन् ।

शिवम अधिकारीको पटकथा रहेको चलचित्रमा रामशरण उप्रेतीको छायांकन छ । चलचित्रमा रेखा र नर कार्कीको कथा तथा कन्सेप्ट छ । चलचित्रले बाल विवाहको कथा भन्छ ।

नर कार्की चलचित्रका कार्यकारी निर्माता समेत हुन् भने निर्माताको रुपमा रेखाकी आमा सरस्वती थापा छिन् । यसअघि सार्वजनिक भएको ‘मालिका’ को ‘हल्का माया’ बोलको गीत अहिले चर्चामा छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu