‘बकम्फुसे राजा’ मा दयाहाङ र बर्षा



प्रकाश सुवेदीले निर्देशन गर्ने चलचित्र ‘बकम्फुसे राजा’ मा अभिनेता दयाहाङ राई र अभिनेत्री बर्षा राउत अनुबन्ध भएका छन् । यतै, अभिनेत्री बर्षा सिवाकोटीले रिजेक्ट गरेको क्यारेक्टर अभिनेत्री नीता ढुंगानाले गर्ने भएकी छन् ।

घटस्थापनाको दिन एक औपचारिक कार्यक्रमका बीच चलचित्रका सम्पूर्ण कलाकारको जानकारी दिइने निर्देशक प्रकाश सुवेदीले बताए । चलचित्रमा विल्सन विक्रम राई पनि अनुबन्ध भएका छन् ।


अभिनेता खगेन्द्र लामिछानेको समय अभावका कारण ‘बकम्फुसे राजा’ मा दयाहाङ लिइएको हो । खगेन्द्रको चलचित्रमा केमियो हुने निर्देशक सुवेदीले बताए ।

फागुनबाट फ्लोरमा निस्कने चलचित्रका लागि बरिष्ठ हास्यकलाकार हरिवंश आचार्यलाई पनि अफर गरिएको छ । उनले चलचित्र गर्ने वा नगर्ने विषयमा कुनै आधिकारिक जानकारी दिएका छैनन् । सुवेदी फिल्मसको ब्यानरमा बन्ने कमेडी जनराको यस चलचित्रमा गणेश सुवेदीको लगानी रहनेछ ।

विष्णु कल्पितले खिच्ने चलचित्रका गीतमा अर्जुन पोखरेलले संगीत भर्नेछन् । चलचित्रमा सुनिल श्रेष्ठको स्क्रिप्ट हो । निर्देशक सुवेदीले ‘हर्के हवाल्दार’ र ‘रिसानी माफ पाउँ’ जस्ता हाँस्य टेलिसिरियल निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu