आमिरका कारण एक साता अघि नै रेखाको ‘मालिका’



कात्तिक २१ गते अभिनेत्री रेखा थापाको चलचित्र ‘मालिका’ आउने पक्का भएको थियो । तर, शुक्रवार सार्वजनिक ट्रेलरमा फिल्मको रिलिज डेट एक हप्ता अगाडि सारिएको उल्लेख गरिएको छ ।

अब ‘मालिका’ कात्तिक १६ गतेबाट प्रदर्शनमा आउनेछ । चलचित्रको रिलिज फेरबदल हुनुको कारण बलिउडको प्रतिक्षीत चलचित्र ‘ठग्स अफ हिन्दोस्तान’ हो ।

यो चलचित्र नोभेम्बर ८ अर्थात् कात्तिक २२ गते प्रदर्शनमा आउँदैछ । आमिर खानको चलचित्र ‘थ्रेट’ हुने भन्दै रेखाले आफ्नो चलचित्रलाई एक साता अगाडि सारेकी हुन् ।

एकसाता अगाडि आएपनि ‘मालिका’ ले सोलो रिलिज भने पाउने छैन । यसअघि नै यो मितिमा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी स्टारर चलचित्र ‘चङ्गा चेट’ आउने फाइनल भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu