‘सबैकी प्यारी निर्जला’ (भिडियो)



असोज १९ गते प्रदर्शनमा आउने राजु गिरी निर्देशित चलचित्र ‘निर्जला’ को शिर्ष गीत सार्वजनिक भएको छ । ‘सबैकी प्यारी….’ बोलको गीतमार्फत् अभिनेत्री शुभेच्छा थापा आफ्नो बारे अरुले गरेको तारिफ सुनाउँदैछिन् । गीतमा मेलिना राईले स्वर भरेकी छन् ।

बाबुल गिरीको संगीत रहेको गीतमा राम रुवालीको शब्द छ । यस चलचित्रमा शुभेच्छाका अलावा किशोर खतिवडा, निक शर्मा, श्याम राई, पल्पसा डंगोललगायतको अभिनय छ ।

असोज १९ गते आउने चलचित्रले वैदेशिक रोजगारीले समाजमा पारेको प्रभावसँगै त्रिकोणात्मक प्रेम वाचन गर्ने निर्देशक गिरीले बताए ।

चलचित्रमा अशोक खड्काको द्वन्द्व, कमल राईको नृत्य तथा रवि कोइरालाको छायांकन रहेको छ । प्रकाशचन्द्र न्यौपाने निर्मित ‘निर्जला’ ले गाउँले परिबेशको कथा भन्छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu