प्यूठानबाट प्रत्यक्ष उमेद्वारको लागि रोज राणाको नाम सिफारिस



Rose-Ranaबैकुण्ठ पराजुली, ठूलोपर्दा डटकम, काठमाण्डौ।
संविधानसभाको दोश्रो निर्वाचनको लागि नेपाली कलाकर्मीहरु तथा विभिन्न ब्यक्तित्वहरु विभिन्न दलहरुको तर्फबाट टिकट पाउन भित्रभित्रै लागिपरिरहेका खबर हरु दिनदिनै आइरहेका छन् । निर्वाचनमा भाग लिएर प्रत्यक्ष तर्फबाट नै चुनाब लड्नेमा नेपाली चलचित्रकी नायिका रेखा थापा, नायक भुवन केसी, त्यस्तै नायक राजेश हमालको नाम पछिल्लो समय चर्चामा छ ।

गायिका तथा नायिका कोमल वलीको नाम पनि यो क्रममा अघि आइरहंदा नेपाली चलचित्रका निर्माता रोज राणाको नाम् भने निर्वाचन क्षेत्रबाटै सिफारिस नै भएको छ । रोज राणालाई उनकै गृह जिल्ला प्यूठानको २ नम्बर क्षेत्रबाट उम्मेदवार बनाउन सिफारिश गरिएको हो । प्युठान कांग्रेसको क्षेत्रिय समितीले रोजलाई टिकट दिन केन्द्रिय समितीमा सिफारिश गरेको छ । निर्माता रोज राणाले आफूलाई क्षेत्रिय समितीले सिफारिश गरेको र पार्टीको केन्दि्रय तहले पारित गरेको खण्डमा चुनाव लड्न तयार भएको बताएका छन् ।

चुनाबमा बिजयी हुनकै लागि पछिल्लो समय पार्टीमा राम्रो छाप पर्न सक्ने विभिन्न क्षेत्रमा दख्हल राख्ने व्यक्तित्व हरुलाई टिकट दिन मुख्य भनौदा राजनीतिक दलहरु लगिरहह्दा कांग्रेसमा रोजको नाम पनि सिफारिस भएको बुझिएको छ । अब कांग्रसको केन्द्रिय समितिबाट नाम पास भएको खण्डमा रोजले आगामी मङ्सिर मा हुने संबिधानसभाको टिकट पाउने निश्चित छ । केहि समय अगाडी चलचित्र निर्माता संघको निर्वाचनमा सर्बसम्मत उपाध्यक्ष पदमा निर्वाचित भएपछि गृह जिल्ला प्युठान पुग्दा रोज राणाले त्यहाँका युवा तथा धेरै बाट राम्रो समर्थन पाएका थिए ।

प्युठान क्षेत्र नं-२ तुलनात्मक रुपमा नेपाली कांग्रेसको कम पकड भएको क्षेत्र मानिन्छ । यस्तो क्षेत्रमा आफुलाई पार्टीले टिकट दिएमा निर्वाचित हुने दाबी रोजले गरिरहँदा यदी उमेद्वारी नै पाएको खण्डमा कस्तो परिणाम ल्याउन सक्छन् त्यो भने पछि नै थाहा होला ।

CTRL + Q to Enable/Disable GoPhoto.it
CTRL + Q to Enable/Disable GoPhoto.it
प्रतिक्रिया दिनुहोस्
About Thuloparda

Thuloparda Media Pvt. Ltd.

Reg No.: 160/073-74 (Suchana Vibhag, Nepal)

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Address: Anamnagar, Kathmandu, Nepal

Email: [email protected]

All the photos & other materials, do not use or reproduce without authorized permission.

Designed by Appharu