‘राधा २’ मा बाँधियो आयुष्मान र प्रियंकाको जोडी



योगेश घिमिरेले निर्देशन गर्ने चलचित्र ‘राधा २’ मा यसअघि नै अभिनेत्री प्रियंका कार्की अनुबन्ध भइसकेकी छन् । अब उनको जोडी पनि पक्का भएको छ । उनीको जोडी आफ्नै प्रेमी आयुष्मान देशराज जोशीसँग बाँधिएको छ ।

कथाको मागअनुसार आयुष्मानलाई चलचित्रमा लिएको योगेशले बताए । ‘यो म्यूजिकल लभस्टोरी फिल्म हो । उहाँहरु प्रेममा हुनुहुन्छ भनेर जोडी बाँधेका होइनौं । म्यूजिकको रेन्स आयुष्मानभन्दा मैले अरुमा देखिनँ । यसैले उहाँलाई लिएका हौं’, निर्देशक घिमिरेले भने ।

‘राधा’ को पहिलो श्रृंखलामा अभिनेत्री सञ्चिता लुईँटेल र जीवन लुइँटेल प्रमुख भूमिकामा थिए । कथाले नयाँ पात्रको डिमान्ड गरेका कारण पुरानो जोडीलाई दोहोर्‍याउन नसकेको निर्देशकको भनाई छ । ‘राधा २’ को कात्तिक ८ गतेबाट छायांकन सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu