चलचित्र निर्देशक गगन विरहीको निधन



‘झ–झल्को’, ‘मितेरी गाउँ’, ‘शिखर’ र ‘घर–आँगन’ जस्ता चलचित्रका निर्देशक गगन विरहीको निधन भएको छ । आइतवार दिउँसो ४ बजे नर्भिक अस्पतालमा उनको निधन भएको चलचित्र कलाकार संघका अध्यक्ष रामकेशर बोगटीले जानकारी दिए ।

लामो समयदेखि कलेजोको समस्याबाट पिडित उनलाई अचानक रुघाखोकी र ज्वरोले गालेपछि गत शनिबार नर्भिक अस्पतालको अति सघन उपचार कक्षमा भर्ना गरिएको थियो । अस्पतालले उनको निधनको कारण निमोनिया र मृगौलामा देखिएको असर बताएको छ ।

निर्देशक विरहीका छोरा अस्ट्रेलिया र छोरी अमेरिकामा छन् । छोरी भने शनिवार नै काठमाडौं आएकी थिइन् । निर्देशन गरिसकेका विरहीको आइतवार साँझ नै पशुपति आर्यघाटमा अन्त्येष्टी गरिएको छ ।

६१ वर्षीय विरही ‘बादल’ नामक चलचित्रको प्रस्तुतकर्ता समेत थिए । ‘मितेरी गाउँ’, ‘शिखर’ र ‘घर–आँगन’ उनी आफैंले निर्माण गरेका थिए भने केही चलचित्रमा लेखन कार्य पनि गरेका थिए । उनी नेपाल टेलिभिजनको पहिलो समाचारवाचक पनि हुन् ।

केही दिन अघिसम्म उनी आफूले रचना गरेको कविता तथा गीतको संग्रह ‘हस्ताक्षर’ विमोचन गर्ने तयारीमा थिए । पिताको सपना छोरी एलिना श्रेष्ठले पूरा गरेकी छन् । निधन हुनुभन्दा २ घण्टाअघि मात्र विरहीको अन्तिम कृति ‘हस्ताक्षर’ नर्भिक अस्पताल परिसरमा विमोचन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu