पूजा र बर्षालाई मनपर्‍यो ‘कथा काठमाण्डू’ (भिडियोसहित)



शुक्रवारबाट प्रदर्शनमा आएको मल्टिस्टारर चलचित्र ‘कथा काठमाण्डू’ ले अहिले बक्सअफिसमा राम्रो कलेक्सन गरिरहेको छ । अपेक्षाकृत व्यापार गर्न नसकेपनि फिल्मको वर्ड अफ माउथ राम्रो रहेको निर्देशक संगीता श्रेष्ठले बताएकी छन् ।

दर्शकको चाप सिंगलभन्दा मल्टिप्लेक्स पर्दामा बढी छ । आइतबार राजधानीको कुमारी हलमा चलचित्रको स्पेशल शो राखिएको थियो । पत्रकार र चलचित्रकर्मीहरुको बाक्लो उपस्थिति रहेको शोमा चलचित्रले सुन्न लायक प्रतिक्रिया पाएको छ । चलचित्र हेर्न पुगेका अधिकांशले कथावस्तु र कलाकारको अभिनयको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।


पूजा शर्मा, बर्षा राउत, केदार घिमिरे, जितु नेपाल, दीपकराज गिरी, अनुभव रेग्मी, आकाश अधिकारीलगायतका चलचित्रकर्मीहरुले चलचित्रको तारिफ गरे । अभिनेत्री पूजा, निर्देशक संगीताको मिहिनेत र अभिनेत्री प्रियंकाको अभिनयको तारिफ गरेर थाकिनन् । अभिनेत्री बर्षाले राम्रो लागेर आफूले दुईपटक हेरिसकेको बताइन् ।


चलचित्रमा राजधानीमा हुने तीन फरक-फरक कथा बुनिएको छ । दर्शकले तीनमध्ये प्रियंका र अभिनेता प्रमोद अग्रहरीको कथालाई औधि रुचाएका छन् । चलचित्र हेर्नेले प्रमोदको कामको तारिफ गरेका छन् ।


यो चलचित्रमा आयुष्मान देशराज जोशी, संजोग कोइराला, सन्ध्या केसी, प्रेक्क्षा अधिकारीको पनि प्रमुख भूमिका छ । चलचित्रको कथा निर्देशक श्रेष्ठ आफैंले लेखेकी हुन् । विजय राइको निर्माणमा तयार भएको यो चलचित्रमा लुजा सिंहको छायांकन छ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu