कात्तिक ३० गतेबाट प्रदर्शनमा आउने चलचित्र ‘गुनगुन’ को पोस्टर सार्वजनिक भएको छ । पोस्टरमा चलचित्रका मुख्य पात्रहरुलाई समेटिएको छ भने यसको कथासारलाई पनि झल्काउने प्रयास गरिएको छ ।
पोस्टर सार्वजनिक गर्दै फिल्मले प्रचारप्रसारलाई अगाडि बढाएको छ । यसमा प्रेमसँगै सामाजिक कथालाई पनि समेटिएको यसका निर्देशक पुकार भट्टाराईले बताएका छन् । पुराना कलाकार पुकारले यसै चलचित्रमार्फत् निर्देशनमा डेब्यु गरेका हुन् ।
प्राथना फिल्म्सको प्रस्तुतिमा तयार भएको चलचित्रमा संचिता लुइँटेल, रविन्द्र प्रताप सेन, सुवास मेचे, नविन श्रेष्ठ, गणेश जिसी, देशभक्त खनाल, अनु भण्डारीलगायतको अभिनय रहेको छ । चलचित्रमा हिमाल केसीको द्वन्द, अर्जुन जिसीको सम्पादन र सौरभ लामाको छायांकन रहेको छ ।