घटस्थापनाको दिनबाट एनटिभीमा ‘डियर जिन्दगी’



कि इन्टरटेन्टमेन्टको प्रस्तुतिमा पिएनपी मिडियाको प्रोडक्सनमा निर्माण भएको मेगा टेलिसिरियल ‘डियर जिन्दगी’ को टाइटल गीत तथा ट्रेलर सार्वजनिक गरिएको छ ।

आइतवार काठमाडौँमा एक औपचारिक कार्यक्रमको आयोजना गर्दै ट्रेलर तथा गीत सार्वजनिक गरिएको हो । जनकदीप पराजुलीको कथा र निर्देशनमा बनेको ‘डियर जिन्दगी’ मा सुनिल थापा, पुस्कर जंग थापा, श्रेया कार्की, सुष्मा कार्की, सुवास पराजुली, एलिना खनाललगायतका कलाकारको अभिनय रहेको छ ।

‘डियर जिन्दगी’ मा जनकदीप पराजुलीको गीत, जुनु गौतम र विल्सन श्रेष्ठको गायन र डिजे एलेक्सको संगीत रहेको छ । च्यानल प्रोड्युसर प्रोडुसर साजन घिमिरे, एसोसियट प्रोड्युसर रबिन्द्र कुमार रिजाल ‘शशि’ रहेका छन् भने प्रोड्युसर रामकृष्ण बिसी, कार्यकारी निर्माता युवराज खत्री र को-प्रोड्युसर रघुनाथ सापकोटा रहेका छन् ।

वसन्त पोखरेलको लेखन तथा मुख्य सहायक निर्देशन रहेको सिरियलमा जीवन पराजुलीको छायांकन तथा ध्रुवराज पराजुलीले सम्पादन गरेका छन् । ‘डियर जिन्दगी’ घटस्थापनाको दिनदेखि प्रत्येक बुधबार साँझ नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ ।

भिडियो :-

प्रतिक्रिया दिनुहोस्
About Thuloparda
Thuloparda.com

Press Council Nepal Reg No.: 22

DOIB Reg No.: 160/073-74

Publisher: Jiwan Kumar Parajuli

Editor: Subrat Raj Acharya

Phone: 9851194755

Email: [email protected]

Address: Anamnagar, 29, Kathmandu

Designed by Appharu